बागलुङको निसीखोलामा बस दुर्घटना : ८ जनाको मृत्यु, २३ को अवस्था गम्भीर

बागलुङको निसीखोलामा बस दुर्घटना : ८ जनाको मृत्यु, २३ को अवस्था गम्भीर


काठमाडौँ ।

बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनाको घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाको शव सङ्कलन भइरहेको छ। मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ।

मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ। रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो।

घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाउँदै दुईजनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विकले जानकारी दिए। बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ। प्रहरी निरीक्षक विकले भने, “घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेकोे उद्धार गरेर अस्पताल पठाइएका छौँ, अहिले हामीहरु घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांश अवस्था ‘क्रिटिकल’ छ।”