दुर्गा प्रसाईंका बडीगार्ड सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ

दुर्गा प्रसाईंका बडीगार्ड सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई बडीगार्ड सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन्। सोमबार बिहान उनीहरुलाई सर्वोच्च अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो।

प्रसाईंको मुद्दा सुनुवाइका क्रममा अदालतमा प्रवेश गर्न खोज्ने क्रममा प्रहरीले पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन्।

पक्राउ पर्नेहरूमा दिपक खड्का र राजकुमार धिताल छन्। उनीहरूको साथबाट हतियार एक थान, म्याग्जिन साना–ठूलोे दुई–दुई थान, म्याक्जिन होल्डर एक थान, गोली १०० राउन्ड बरामद गरिएको छ। उनीहरूलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाइएको छ।