शंकर शर्मा राजदूतमा नियुक्त, भारतले ७ महिनापछि पायो नेपाली राजदूत

शंकर शर्मा राजदूतमा नियुक्त, भारतले ७ महिनापछि पायो नेपाली राजदूत


काठमाडौं, ६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकरप्रसाद शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । संविधानको धारा २८२ बमोजिम राष्ट्रपति भण्डारीले शर्मालाई भारतका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सरकारले गत कात्तिक ११ मा सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ ९ डिसेम्बर १०० मा परराष्ट्र मन्त्रालयले भारतलाई सहमतिका लागि पत्र पठाएको थियो । तर भारतले तीन महिनापछि सहमति (एग्रिमो) पठाएका कारण शर्माको नियुक्ति ढिलो गरी भएको हो । डा. शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि यसअघि नै राजदूतमा नियुक्त भइसकेका छन् ।
भारतका लागि राजदूत नियुक्त शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र अमेरिकाका लागि पूर्वराजदूत हुन् । सरकारले गत असोज ५ गते निलाम्बर आचार्यलाई फिर्ता बोलाएपछि भारतमा नेपालका राजदूत थिएनन् ।