देशको समग्र कृषि प्रणाली नै संक्रमित : सांसद गौतम

देशको समग्र कृषि प्रणाली नै संक्रमित : सांसद गौतम


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको बताएकी छिन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्न नसक्नु दुखद रहेको भन्दै देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको बताएकी हुन्।

‘कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सुन्नै सकेको छैन्। विऊ विजनमा त्यत्तिकै समस्या छ बल्ल बल्ल बिजारोपण गरे मलको समस्या छ। बल्ल बल्ल मल पाए सिँचाइको समस्या छ।

सबैबाट पार लागेर उब्जनी भए बजारको अभाव छ,’उनले भनिन्,‘ सरकारले कृषि क्षेत्रमा काम गर्न प्रेरणा कत्ति पनि दिन सकेको छैन्। लामो समयदेखि भुक्तानी नपाउँदा किसान रुदै बस्नु परेको छ । समग्र हाम्रो कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको छ।’