पर्थमा नेपाली मन्दिर र सामूदायिक केन्द्रको सपना साकार बन्दै, थप १५ लाख डलर जुटाइने !

पर्थमा नेपाली मन्दिर र सामूदायिक केन्द्रको सपना साकार बन्दै, थप १५ लाख डलर जुटाइने !



पर्थ, अष्ट्रेलिया ।

वेष्टर्न अष्ट्रेलियाको केन्द्र पर्थमा नेपाली पशुपतिनाथ, बौद्धनाथसहितको सामूदायिक केन्द्र निर्माण अभियान तिव्र बन्ने भएको छ । मन्दिरका लागि आवश्यक पर्ने जग्गा फेला पारेपछि अहिले त्यहाँ बसोबास गर्ने नेपालीहरु उत्साहका साथ आवश्यक रकम जुटाउन लागिपरेका छन् । गत १० वर्षदेखि त्यहाँ रहेका नेपालीहरुले पशुपतिनाथ बौद्धनाथ अफ वेष्टर्न अष्ट्रेलिया नामक संस्था दर्ता गरेर यो अभियान अघि बढाएका थिए । हालसम्म करिब साढे सात लाख डलर सहयोग समेत जुटाएको संस्थामा २ सय ५० जना आजीवन सदस्यहरु समेटिएका छन् ।

दुई साता अघि वैना समेत बुझाइसकिएको जग्गा करिब १ दशमलब ४ हेक्टरमा फैलिएको र अहिले नै दुई घर र एउटा ठूलो सभाहल बनाउन सकिने ठाउँ समेत रहेका कारण जग्गा लिनेबित्तकै मन्दिर अनि सामूदायिक केन्द्र सञ्चालन गर्न सकिने भन्दै पर्थवासी नेपाली जुटेका छन् । (Click here to see more photos>>

हाल बैना बुझाइएको जग्गामा मन्दिर, गुम्बा र सामूदायिक केन्द्र सञ्चालनका लागि २० लाख डलरसम्म लाग्ने अनुमानका आधारमा उनीहरुले थप १५ लाख उठाउने गरी अभियान तिव्र बनाएका हुन् । पशुपतिनाथ बौद्धनाथ वेष्टर्न अष्ट्रेलियाका सचिव भरत न्यूरेले दिएको जानकारी अनुसार आगामी जुन महिनाअघि नै अर्थिक संकलन सकाएर जग्गा सेटलमेन्ट गर्नुपर्नेछ । हालको जग्गा पर्थ सिविडीबाट ३३ किलोमिटरको दूरीमा रहेको छ ।

केविसीखबरसँग कुरा गर्दै उनले भने, “वेष्टर्न अष्ट्रेलियामा बसोबास गर्ने सबै नेपालीहरु हामी एकताबद्ध भएर आफ्नै सामूदायिक केन्द्र, मन्दिर र गुम्बा बनाउन अघि बढेका छौं । अष्ट्रेलियाका अन्य शहरमा बसोबास गर्ने नेपालीहरुले पनि यसमा हातेमालो गर्दै होस्टेमा हैंसे गर्न आग्रह गर्दछु ।”
हाल संस्थाले पर्थका विभिन्न ठाउँमा अर्थसंकलन गर्ने उद्देश्यका साथ सामूदायिक छलफल सुरु गरेको छ । छलफलका केही दृश्यहरु-

Picture : Supplied