नयाँ गठबन्धनले एमालेको मिसन ८४ लाई डाइभर्ट गर्दैन : ईश्वर पोखरेल

नयाँ गठबन्धनले एमालेको मिसन ८४ लाई डाइभर्ट गर्दैन : ईश्वर पोखरेल


काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको नयाँ गठबन्धनले एमालेको ‘मिसन ८४’ लाई कुनै प्रभाव नपार्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीको काठमाडौं महानगरपालिका–५ कमिटीको १२ औं अधिवेशन उदघाटन समारोहपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मिसन ८४ को लक्ष्यलाई सहयोग पुर्याउने गरी एउटा स्टेपको रुपमा नयाँ गठबन्धनलाई लिएको भन्दै यसले मिसन ८४ लाई कुनै प्रभाव नपार्ने बताएका हुन्।

‘मिसन ८४ भनेको एउटा लक्ष्य हो। हामीले कुनै एउटा पार्टीले बहुमत नल्याएमा राजनीतिक अस्थिरताको शिलसिला सुरु हुन्छ भनेर नयाँ लक्ष्य तय गरेका हौं। त्यसका लागि नेकपा एमालेले बहुमत ल्याउन आवश्यक छ। त्यो बहुमत ल्याउनु भनेको आर्थिक विकास र समृद्धि एवम मुलुकमा राजनीतिक स्थायित्वको लागिहो,’उनले भने,‘ त्यसैले हाम्रो अहिलेको नयाँ गठबन्धनले मिसन ८४ लाई डाइभर्ड गर्दैन्। मिसन ८४ लाई लक्ष्यबनाएर हामी हिडिरहेको छौं। त्यसैलाई सहयोग पु¥याउनले एउटा स्टेपको रुपमा यो हो।’

उनले एमालेले निर्वाचनमा पनि गठबन्धन गरेर नै जाने कि नजाने भन्ने कुरा अहिले भन्ननसक्ने अवस्थारहेको बताए।