मेलबर्नको नेपाली मन्दिरमा महाशिवरात्रि मेला, आज दिनभर विभिन्न कार्यक्रम गरिँदै

मेलबर्नको नेपाली मन्दिरमा महाशिवरात्रि मेला, आज दिनभर विभिन्न कार्यक्रम गरिँदै


मेलबर्न अष्ट्रेलिया । मेलबर्नमा रहेको नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)ले शिवरात्रि पर्व मनाउने भएको छ। फेब्रुअरी ८ तारिख विषेश पुजा–पाठको आयोजना गरी महाशिवरात्रि पर्व विषेश रुपमा मनाउन लागेको हो।

भक्तजनहरुका लागि बिहान ७ बजेदेखि नै मन्दिर खुला राखिने एएनएमसीका अध्यक्ष गान्धी भट्टराईले केबीसी खबरलाई जानकारी दिए। उनका अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म विषेश शिव पुजा, १२ बजेदेखि ५ बजेसम्म शिव झाक्री, भजन कृतन, तथा शिव प्रवचन, दिउँसो ३ बजे टिका ग्रहण, टिका ग्रहण पछि ३ बजेदेखि ६ बजेसम्म प्रसाद वितरण, ६ बजेदेखि ७ बजेसम्म औपचारिक कार्यक्रम, साढे सात बजे पशुपति महाआरति र रातिको साढे ९ बजेसम्म भजन कृतनका कार्यक्रम रहेका छन्। औपचारिक कार्यक्रमको प्रमुख अतिथिका रुपमा भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्रीलाई निमन्त्रणा गरिएको उनले बताए।

साना साना नानिबाबुहरुलाई मनोरञ्जनको लागि खेल्ने बाताबरणको व्यवस्था गरिएको उनको भनाइ छ। महाशिवरात्रिमा एएनएमसी आउने भक्तजनहरुका लागि निशूल्क लन्चको पनि व्यवस्था गरिएको अध्यक्ष गान्धीले जानकारी दिए। उनले महाशिवरात्रि पर्व पहिलो पटक आफ्नै मन्दिरमा मनाउन लागिएकाले भिक्टोरियावासी नेपालीहरुलाई उपस्थितिका लागि आग्रह पनि गरेका छन्।

नेपाली बहुसांस्कृतिक केन्द्रको निर्माणका गत वर्ष सप्ताहको आयोजना गरिएको थियो। १५ अक्टोबरमा सुरु भएको मेलबर्न सप्ताह–२ २४ अक्टोबर वडादशैँको जमरा लगाएर समापन गरिएको थियो।