‘प्रचण्ड विश्वासघाती र राजनीतिक बेइमान’

‘प्रचण्ड विश्वासघाती र राजनीतिक बेइमान’


काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ।

प्रधानमन्त्री दाहालले सत्ता समीकरण फेरबलदल गरेपछि बिहीबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको हो। दाहालले राजनीतिक बेइमानी गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराउने निर्णय गरेको हो।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले विश्वासघात गरेको बताए। उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालजीले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो यसलाई हामीले राजनैतिक बेमाइनी ठहर गरेका छौं।’

गठबन्धन तोडेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको लेखकको आरोप छ। त्यस्तै संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने कांग्रेसले जनाएको छ।