सरकारको प्रवक्तामा मन्त्री शर्मालाई निरन्तरता

सरकारको प्रवक्तामा मन्त्री शर्मालाई निरन्तरता


काठमाडौं ।

सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने भएको छ। बिहीबार सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हा।

साथै संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन (सीएसडब्लु) को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथाज्येष्ठ नागरिकमन्त्रीलाईस्वीकृति दिने पनि निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उनले भनिन्,‘ संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन सीएसडब्लु)को ६८ औं सत्रमा भाग लिन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने।’