अष्ट्रेलिया र आसियानद्वारा गाजा युद्धविरामको आह्वान

अष्ट्रेलिया र आसियानद्वारा गाजा युद्धविरामको आह्वान


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका नेताहरू र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्यहरूले मेलबर्नमा आयोजित विशेष शिखर सम्मेलनपछि बुधबार गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन्।

आसियान र अष्ट्रेलियाले विशेष शिखर सम्मेलनको अन्त्यका लागि जारी विज्ञप्तिमा नेताहरूले गाजाको गम्भीर मानवीय अवस्थाबारे आफुहरूको साझा चिन्ता व्यक्त गर्दै तत्काल दीगो युद्धविरामका लागि आग्रह गरेका हुन्।

सबै नागरिक तथा नागरिकहरूको प्रगतिका लागि पूर्वाधारमाथिको आक्रमणको निन्दा गर्दै युद्धले गर्दा गाजामा खाना, पानी र अन्य आधारभूत आवश्यकतामा पहुँचसहित मानवीय सङ्कट अझै बल्झिदै गएको उनीहरूले मेलबर्न घोषणामा उल्लेख गरेका छन्।

यसैगरी, उनीहरूले समुद्रमार्फत सीमा पार क्षमता बढाउन आवश्यक पर्ने सबैलाई द्रूत, सुरक्षित, निर्बाध र दीगो मानवीय पहुँचका लागि आह्वानसमेत गरेका छन्।