न्यूसाउथवेल्सका प्रिमियरलाई एनआरएन अष्ट्रेलियाको १० बुँदे ध्यानाकर्षण (पत्रसहित)

न्यूसाउथवेल्सका प्रिमियरलाई एनआरएन अष्ट्रेलियाको १० बुँदे ध्यानाकर्षण (पत्रसहित)


सिड्नी, अष्ट्रेलिया ।

न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्ससँग एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनील पोखरेलले भेटेर १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । बहालवाला प्रिमियरलाई भेटेर एनआरएनले आफ्नो धारणा राखेको यो पहिलो पटक हो । न्यूसाउथवेल्समा बसोबास गर्ने डेढ लाख नेपालीको तर्फबाट प्रतिनिधित्व गर्दै पुगेको एनआरएन अष्ट्रेलियाको टोलीसँगको भेटमा राज्यका बहुसंस्कृतिमन्त्री स्टेफन कम्पर पनि सहभागी थिए ।

भेटपछि अध्यक्ष पोखरेलले आफुहरुले १० बुँदामा समेटेर नेपाली समूदायको चासोका विषय उठाएको बताएका छन् । पोखरेलका अनुसार नेपाली समूदायको उचित मूल्यांकन राज्यले गर्नुपर्ने, एनआरएन अष्ट्रेलियाले चालेका विभिन्न गैरनाफामूलक योजनाहरुमा राज्यले प्रदान गर्ने अनुदान लगायतमा साथ हुनुपर्ने, समूदायमा रहेका विभिन्न विकृतिहरुको अन्त्यका लागि सचेतना अभिबृद्धि गर्ने अभियानमा हातेमालो गर्न, अष्ट्रेलियाको अर्थतन्त्रमा नेपालीमूलका बासिन्दाको योगदानको कदर गर्न, न्यूसाउथवेल्सको यातायातमा विद्यार्थीहरुलाई छुटको व्यवस्था गर्न, राज्यको बहुसांस्कृतिक सल्लाहकार बोर्डमा नेपाली प्रतिनिधित्व सुनिश्चित गर्न, सामूदायिक केन्द्र निर्माणको अभियानमा राज्य र संघीय तहबाटै सहयोग प्रदान गर्न र नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको संख्या बढाउन माग गरिएको छ ।

केविसीखबरसँग कुरा गर्दै अध्यक्ष पोखरेलले न्यूसाउथवेल्स राज्यका प्रिमियरसँगको भेट अत्यन्तै सौहाद्र्र रहेको बताएका छन् । उनले छलफल पछि केही सहकार्यका लागि सहयोग प्राप्त हुने र यसको जानकारी छिट्टै समूदायले पाउने पनि आशा व्यक्त गरे । उनले भने, “अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली विद्यार्थीहरुको योगदान ठूलो छ । तर, यस अनुसारको सुविधा भने नेपाली मूलका बासिन्दाहरुले पाउन सकेका छैनन् । आजको भेटपछि मलाई लाग्छ यस दिशामा महत्वपूर्ण कोशेढुंगा प्राप्त गर्न सकिनेछ ।” साथै प्रिमियर क्रिसले बहुसांस्कृतिक बोर्ड निर्माण गर्दा नेपाली समूदायको प्रतिनिधित्व सुनिश्चित गर्ने वचन पनि दिएका छन् ।
भेटमा एनआरएन अष्ट्रेलियाका न्यूसाउथवेल्स सचिव कल्याण खड्का पनि सहभागी थिए ।

एनआरएन अष्ट्रेलियाले प्रिमियर क्रिसलाई बुझाएको पत्र –