टी-२० आईको फाइनलमा नेपाल नेदरल्यान्ड्विरुद्ध व्याटिङ गर्दै

टी-२० आईको फाइनलमा नेपाल नेदरल्यान्ड्विरुद्ध व्याटिङ गर्दै


काठमाडौं ।

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा भएको टसमा कप्तान रोहितकुमार पौडेलले टस जितेर नेदरल्यान्ड्विरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

सिरिजको अन्तिम खेलमा मंगलबार नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन। आज नेदरल्यान्ड्लाई पराजित गर्दै नेपाल घरेलु मैदानमा टी–२० आई सिरिजको तेस्रो पटक उपाधि जित्न चाहन्छ।

नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई नै १४२ रनले पछि पार्दै उपाधि जितेको थियो। त्यसपछि २०२२ को त्रिकोणात्मक टी–२० फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै दोस्रो पटक उपाधि चुमेको नेपाल आज २०२१ को नियति दोहोर्याउने रणनीतिमा मैदान प्रवेश गर्नेछ।

यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेल्दा नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलमा उपाधि प्रतिस्पर्धा गर्दै छ। नामिबिया भने ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको हो।

नेपालको प्लेइङ ११ स् कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी।