सिड्नी, अष्ट्रेलिया ।
प्रवासी नेपाली मञ्च (ओएनएफ) न्यु साउथ वेल्स राज्य कमिटीको अध्यक्षमा सूर्य मोहन शर्मा निर्वाचित भएका छन्। अधिवेशनले शर्माको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
जसको उपाध्यक्ष गोविन्द तामाङ, सचिव उषा किरण बारिया, उप–सचिव अंजान सोनी र अवानी पौडेल, आर्थिक विभाग प्रमुख बिनोद खड़का चयन भएका छन्। त्यसै गरी सदस्यमा पवन डल्लाकोटि, सृजन भट्टराई, बिशाल रेग्मी, सागर सिलवाल, साजन श्रेष्ठ, रमेश सिंह, संशांक बस्याल, दिनेश अधिकारी, कुशल रिमाल, योगेश पराजुली, दिव्य प्रधान, विवेक शाक्य, सुजन श्रेष्ठ, सुशन जोशी, उमेश बिके रहेका छन्।
अधिवेशनको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय सम्वन्य समितिका सल्लाहकार रमेश पाण्डेले प्रवासी मञ्चको विश्व भरिका ४० भन्दाबढी देशमा संगठन विस्तार भएको भन्दै ती संगठनबाट नेपालको समृद्धि अभियानमा सहयोगका लागि सकारात्मक अभियान चलाउने बताए। उनले नेपालीहरूको उपस्थित भएका सबै देशमा संगठन विस्तार गर्ने बताए।
अधिवेशनको बन्द सत्रले बाबुराम पोखरेलको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। जसको सदस्यमा राजु गौचन, प्रेम शाह, भूपेन्द्र चुडाल, तारा लामा, शरद सापकोटा, लेनिन पौडेल, दीपक जोशी, लक्ष्मण भुसाल, अर्जुन पौड़ेल, सीताराम घिमिरे, अशोक उप्रेती रहेका छन्।
निवर्तमान अध्यक्ष कृष्ण सापकोटा सभापतित्व र सचिव शिव पौडेलको संचालनमा भएको उद्घाटन समारोहमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष विनोद श्रेष्ठ, ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार भवानी ओली, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव ज्ञानेन्द्र रेग्मी, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार सदस्य भैरव ढकाल, ओशियाना संयोजक दिनेश पोखरेल, सह संयोजक अरुण ठाकुर, जन सम्पर्क समिति अष्ट्रेलियाका संस्थापक नेता दिनेश जोशी, एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, पूर्व अध्यक्ष नन्द गुरुङ, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य राम घिमिरे, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य शिशिर नेपाल, ओशियाना कमिटी संयोजक राजु उपाध्यायले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।
उद्घाटन समारोहलाई शुभकामना व्यक्त गर्दै मञ्चका अष्ट्रेलिया अध्यक्ष केशव जोशीले प्रवासमा नेपालीहरूको समस्यामा सहयोगी बन्नका लागि सबै तिर कमिटी निर्माण गरिएको बताउँदै मञ्चले विदेशमा नेपालको राजनीति नगर्ने र नेपालीको हितमा काम गर्ने बताए। कार्यक्रममा नेकपा एमाले काभ्रेका पूर्वसचिव नारायण पाण्डे, ओएनएफ अष्ट्रेलियाका सचिव प्रकाश पन्थी, एनडिएफ अध्यक्ष भिष्म भण्डारीले समेत अधिवेशन सफलताको शुभकामना दिए।
अध्यक्षमा निर्वाचित भएपछि खबरसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष मोहन शर्माले न्यु साउथ वेल्समा प्रवासी नेपाली मञ्चलाई अझै सशक्त रूपमा संगठन निर्माण गरेर सबै नेपालीबिच पुग्ने बताए। उनले नेपालीहरूको उपस्थिति भएका राज्य भित्रका सबै साना ठुला क्षेत्रमा पुग्ने गरी योजना बनाउने र नेपाली समुदायको हितमा क्रियाशील हुने बताए।
सिड्नीको सफायर फङ्सन सेन्टरमा आयोजित अधिवेशनको उद्घाटन सत्र पछाडी सम्पन्न बन्द सत्र संचालनका लागि ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशीको अध्यक्षतामा उपाध्यक्ष राम घिमिरे र सचिव प्रकाश पन्थी रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो। ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य शिशिर नेपाल, ओएनएफ अष्ट्रेलियाका सल्लाहकार होम पाण्डे, ओएनएफ अष्ट्रेलियाका सचिवालय सदस्य भुवन पाण्डे रहेको निर्वाचन समिति समेत गठन गरिएको थियो।
बन्द सत्रमा मंचका अन्तराष्ट्रिय कमिटी उपाध्यक्ष रमेश पाण्डेले कमिटी पद्धति र नेतृत्व चयन प्रक्रिया साथै ओशिनिया अध्यक्ष राजु उपाध्यायले आगामी नेतृत्वको चिन्तन र व्यवहार कस्तो हुनु पर्छ भन्ने विषयमा सहभागीहरूबिच प्रशिक्षण दिएका थिए।
प्रतिक्रिया