यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ। राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३२.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९५ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.४५ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.१० रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.४५ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.२१ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७३ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४५ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०१ रुपैयाँ रहेको छ।