क्वीएनसीसीले शिवरात्रीमा पूजापाठ तथा भजनकिर्तन गर्ने

क्वीएनसीसीले शिवरात्रीमा पूजापाठ तथा भजनकिर्तन गर्ने


ब्रिजवेन अष्ट्रेलिया ।

क्विन्सल्याण्डको ब्रिस्वेनमा निर्माणाधीन नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी)ले महाशिवरात्रिमा पूजापाठ तथा भजन कीर्तन कार्यक्रमको आयोजना गरेको छ। क्वीएनसीसीले मार्च ८ तारिख शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ७ बजे सम्म ब्रिगेड पार्क चेर्मसाइडमा भगवान् शिवको पूजापाठ तथा भजन कीर्तन गर्ने भएको हो।

३ बजेबाट ५ बजेसम्म शिव भगवानको पूजापाठ , ५ बजेदेखि ६ बजेसम्म प्रसाद वितरण र ६ बजेदेखि ७ बजेसम्म भजन किर्तन गरिने क्वीएनसीसीका अध्यक्ष केशव शर्माले केबीसी खबरलाई जानकारी दिए।

कार्यक्रममा सहभागी हुन चाहने भक्तालुजनले नाम दर्ता गराउनुपर्ने उनले बताए। नाम दर्ता गराउन नारायण पन्थी, टिकाराम शर्मा देवकला श्रीलाई सम्पर्क गर्न उनले आग्रह गरे। पुजामा बस्ने भक्तालुले पूजा सामग्री, पिउने पानी र आसनको आफैले व्यवस्था गरेर पूजापाठ सुरु हुनुभन्दा आधी घण्टा अगाडी नै आउनु पर्ने उनको भनाइ छ।

प्रवेश निःशुल्क रहेको शिवरात्रि विषेश कार्यक्रममा सहभागिताका लागि अध्यक्ष शर्माले क्वीएनसीसीमा बस्ने सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूलाई अनुरोध गरेका छन्।