यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


काठमाडौं

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ। राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ।

शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९७ पैसाका दरले कारोबार भएको थियो। त्यस्तै, यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ।

शुक्रबार यूरो एकको खदिर दर १४३ रुपैयाँ ४४ पैसा र बिक्री दर १४४ रुपैयाँ ९ पैसामा कारोबार भएको थियो। शनिबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६८.२८ रुपैयाँ रहेको छ। हिजो खरिद दर १६७।४५ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ।

शुक्रबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५२ पैसा र बिक्री दर १६८ रुपैयाँ २८ पैसामा कारोबार भएको थियो। आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ।