यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ३९ पैसा रहेको छ। यस्तै अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ४४ पैसा र बिक्री दर १४४ रुपैयाँ ०९ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५२ पैसा र बिक्री दर १६८ रुपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।