क्यान्सर पीडित अरुणा अधिकारीका लागि एनआरएन क्वीन्सल्याण्डले गर्यो ‘गो फण्ड मी’ संचालन

क्यान्सर पीडित अरुणा अधिकारीका लागि एनआरएन क्वीन्सल्याण्डले गर्यो ‘गो फण्ड मी’ संचालन


ब्रिजवेन अष्ट्रेलिया । क्यान्सर रोगबाट पीडित अरुणा अधिकारीको उपचार खर्च जुटाउन गैर आवासीय नेपाली संघ (एनआरएन) क्वीन्सल्याण्डले गो फण डमी संचालनमा ल्याएको छ । दुई वर्ष अगाडी विद्यार्थी भिसामा अष्ट्रेलिया आएकी अधिकारीको घाँटीको क्यान्सरको उपचारका लागि आर्थिक संकलन गर्न एनआरएन क्वीन्सल्याण्डले गो फण डमी संचालन गरेको हो।

ब्रिजबेनमा श्रीमान् र तीन महिनाको छोरासँग बस्दै आएकी अधिकारीलाई उपचारमा आर्थिक अभाव भएपछि एनआरएन क्वीन्सल्याण्डले ‘गो फणड मी’ संचालन गरेको संयोजक शम्भु गाईसीले केबीसीलाई जानकारी दिए। दुर्लभ क्यान्सर रोगबाट पीडित नेपाली चेली अरुणा अधिकारीको उपचारमा सहयोग गर्न अष्ट्रेलियावासी नेपालीलाई संयोजक गाईसीले आग्रह गरेका छन्। उनले एक नेपालीको दुःखमा अर्को नेपालीले मलम लगाउनु पर्ने भन्दै दुःखमा परेकी अधिकारीलाई सहयोग गरेर ज्यान जोगाइदिन उनले अनुरोध पनि गरेका छन्। 

एनआरएन क्वीन्सल्याण्डका संयोजक गाईसी, सचिव श्याम बस्नेतसहितको टोली क्यान्सर पीडित अधिकारीको कोठमा पुगेर सन्तना दिनुका साथै उपचारमा सघाउने आश्वासन दिएका छन्। उनीहरूले आत्मबल कमजोर नपार्न अधिकारीलाई भनेका छन्। 

६० हजार अष्ट्रेलियन डलर उठाउने लक्ष राखिएको ‘गो फण्ड मी’मा यो समाचार तयार पर्दासम्म लगभग २५ हजार संकलन भएको छ। अधिकारीको उपचारमा आर्थिक सहयोग गर्न चाहनुहुने सहयोगी मन भएका नेपालीहरूले यहाँ क्लिक गरी गक्ष अनुसारको सहयोग गर्न सक्नुहुने छ।