इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान विजयी

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान विजयी


काठमाडौं ।

इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ। बुधबार राति भएको खेलमा इन्टरले एटलान्टलाई ४–० गोल अन्तरले पराजित गरेको हो। इन्टरको जितमा म्याथ्यु डार्मियनले २ गोल गर्दा लाउटारो मार्टिनेज र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए।

जितसँगै शीर्ष स्थानमा रहेको इन्टर मिलानले तालिकामा २६ खेलबाट ६९ अंक बनाएको छ। पराजित भएको एटलान्टा भने ४६ अंकका साथ पाँचौं स्थानमा छ। यसैगरी नापोलीले सासुलोमाथि ६–१ गोलको पुनरागमन जित निकालेको छ।

सासुलोले सुरुमै गोल गरेपनि त्यसपछि लगातार ६ गोल खान पुगेको थियो। नापोलीका भिक्टर जेम्सले ह्याट्रिक गर्दा केभिचाले २ तथा अमिर रहमेनीले एक गोल थपेका थिए। सासुलोका लागि उरो रेसीले एक गोल गरे। नापोली नवौं तथा सासुलो १८ औं स्थानमा छ।