मानसिक स्वास्थ्य र घरेलु हिंसा पीडितलाई सहयोग गर्न जुट्यो एनआरएन क्वीन्सल्याण्ड

मानसिक स्वास्थ्य र घरेलु हिंसा पीडितलाई सहयोग गर्न जुट्यो एनआरएन क्वीन्सल्याण्ड


ब्रिजवेन, अष्ट्रेलिया ।

गैरआवासीय नेपाल संघ (एनआरएनए) क्वीन्सल्याण्डले मानसिक स्वास्थ्य तथा घरेलु हिंसा सम्बन्धी घटनामा परेकालाई सहयोग गर्न दक्ष जनशक्तिसहितको टास्क फोर्स निर्माण गर्ने भएको छ। सोमबार क्वीन्सल्याण्ड संयोजक शम्भु गाईसीले विज्ञप्ती जारी गर्दै जानकारी दिएका हुन्।

पछिल्लो समय क्वीन्सल्याण्डमा घरेलु हिंसाका घटना बढेकाले जनशक्तिका अभावका कारण सबै समस्याको एकै चोटि हल गर्न नसकेको भन्दै एनआरएनले विज्ञ व्यक्तित्वसहितको टिम बनाउन लागेको संयोजक गाईसीले बताएका छन्। टिमले समय समयमा मानसिक स्वास्थ्य र घरेलु हिंसा सम्बन्धी जागरण गराउने खालका कार्यक्रम ल्याउनेछ भने यस्ता समस्यामा परेकाहरुलाई तत्काल सहयोग पनि गर्नेछ।

एनआरएएनए क्वीन्सल्याण्डले मानसिक स्वास्थ्य तथा घरेलु हिंसा न्यूनीकरण गर्ने योजनामा सहयोग गर्न सम्बन्धित क्षेत्रमा लामो समयदेखि काम गरेका वा सो क्षेत्रको अनुभव भएकालाई आफ्नो योजनासहित इमेल गर्न पनि उनले आग्रह गरेका छन्। एनआरएन क्वीन्सल्याण्डले समूदाय लक्षित धेरै कार्यक्रमको योजना बनाइरहेको पनि संयोजक गाईसीले जानकारी दिए।