यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। विनिमय दरमा भने सोमबारको तुलनामा आज खासै फेरबदल छैन।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ १ पैसा रहेको छ। यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ। त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६४ पैसा र बिक्री दर १४४ रुपैयाँ २९ पैसा रहेको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८९ पैसा र बिक्री दर १६८ रुपैयाँ ६५ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।