काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंको फैसलामाथि पुनरावलोकनको निवेदन लिएरउच्च अदालत पाटन गएका छन्। उनी बिहीबार निवेदन दर्ताका लागि आफ्नो कानुनव्यवसायीसहित उच्च अदालत पुगेका हुन्।
जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा लमछिानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाइएको थियो।
जिल्ला अदालतको उक्त फैसला चित्त नबुझेको भन्दै उनले पुनरावेदन गरेका हुन्। पुनरावेदनको फैसला नआउञ्जेल भने उनी जेल बस्नुपर्ने छैन।

प्रतिक्रिया