ओएनएफ एनएसडब्लुले तेस्रो अधिवेशन गर्दै

ओएनएफ एनएसडब्लुले तेस्रो अधिवेशन गर्दै


मेलबर्न, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) एनएसडब्लु राज्य समितिको तेस्रो अधिवेशन आगामी मार्च २ मा सिड्नीमा हुने भएको छ। सम्मेलन स्थानिय झरना फङ्सन सेन्टर, रकडेल, सिड्नीमा मञ्चका अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा एनआरएनए आईसिसिका सल्लाहकार रमेश पाण्डेको प्रमुख आतिथ्यमा हुने भएको छ।

मञ्चका एनएसडब्लु अध्यक्ष कृष्ण सापकोटाले अधिवेशनले विगतको कामको समिक्षा र केहि भावी योजना निर्माण गर्दै नयाँ नेतृत्वको समेत चयन गर्ने बताए। अधिवेशनका लागि सापकोटाकै संयोजकत्वमा १९ सदस्यीय आयोजक समिति समेत गठन गरेको छ।

जसको सह संयोजक सिताराम घिमिरे र सचिवमा शिव पौडेल रहेका छन्। भने सदस्यहरुमा दिवाकर पौडेल, सरोज सुवेदी, सशांक बस्याल, रमेश अधिकारी, नविन खनाल, मोहन भण्डारी, अन्जन सोनी, हरि भण्डारी, अशोक उप्रेती, विशाल जित अधिकारी, आशिष बराल, ऋषिराम सापकोटा, शुशिल अर्याल, जनक पाण्डे रहेका छन्।