ब्रिजबेन अष्ट्रेलिया ।
नेपाली गजल गायनमा आफ्नो पृथक पहिचान बनाएका गायक राज सिग्देलको ब्रिजवेनमा एकल गजल साँझ हुने भएको छ। ब्रिजवेन बिसौनीको आयोजनामा फेब्रुअरी २३ तारिख मिचेल्टनको सिनियर सिटिजन क्लबमा गायक सिग्देलको गजलसहितको पारिवारिक सांगीतिक साँझ कार्यक्रम हुन लागेको हो।
चर्चित गायक राज सिग्देलले ब्रिसबेनमा स्थानीय संगीतकारहरुको साथमा प्रस्तुति दिने केशव शर्माले केबीसी खबरलाई जानकारी दिए। नेपाली परिकारसहितको स्वादिष्ट खानाको व्यवस्था गरिएको कार्यक्रममा पुरानो र समसामयिक नेपाली गजल र गीतहरू सुनेर आनन्द लिन सकिने उनले बताए। ब्रिजवेन बिसौनीले जुराई दिएको यो अवसरलाई सदुपयोग गर्न ब्रिजवेनवासी नेपालीलाई उनले आग्रह गरेका छन्।
तबला वादक धिरज श्रेष्ठ र बाँसुरी बाधक सुरेश श्रेष्ठले गायक सिग्देललाई साथ दिनेछन्। साँझ ६ बजेबाट सुरु हुने गजल साँझमा कार्यक्रममा स्थानीय कलाकारहरुको पनि छोटो प्रस्तुति रहने शर्माले बताए।
एक्सपर्ट एजुकेशनले टाइटल स्पोन्सर गरेको कार्यक्रमको टिकट २५ अष्ट्रेलियन डलर तोकिएको उनले जानकारी दिए। कार्यक्रमको टिकट बिक्रीबाट उठेको रकम भविष्यमा सामाजिक कार्यमा खर्च गरिने शर्माको भनाइ छ। सिट संख्या सीमित रहेकाले समयमै टिकट खरिद गरी आफ्नो सिट सुरक्षित गर्न ब्रिजवेनवासी नेपालीलाई शर्माले आग्रह गरेका छन्।
राजको चर्चित गीत ‘उ जितेर गई या हारेर गई, नतिजा आफै तिर पारेर गई’ गीतलाई जति चोट दिन्छौं देउ मायालु र गुलाम अलिको प्रसिद्ध गजल चुप्के चुप्के रात दिन आँसु बहाना आदी थुप्रै गजल वाचन गर्नेछन्।
प्रतिक्रिया