काठमाडौँ ।
ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठकको उदघाटन गरिएको छ। गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठकको उदघाटन गरिएको हो। पार्टी सभापति शेर बहादुर देउवाले रुखमा पानी हालेर र पानसमा बत्ती बालेर बैठकको उदघाटन गरे।
‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने मूल नाराका साथ महासमिति बैठक सुरू भएको हो। फागुन १० गतेसम्म चल्ने कांग्रेस ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले स्वागत गरेका छन्।
उनले एकताबद्ध भएर कांग्रेसलाई सुदृढ बनाउन आब्हान गरेका छन्। उदघाटन समारोहमा स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरे। कार्यक्रमस्थलमा देशभरबाट करिब २५ सय महासमिति सदस्यहरु उपस्थित छन्।
‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता। स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित बैठक शुरु भएको हो।
बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच वटा प्रस्ताव पेस हुनेछन्। उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा प्रस्ताव पेस गर्नेछन्।
प्रतिक्रिया