सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड


काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ।

संघीय संसद् सचिवालयका अनुसार आज प्रधानमन्त्री दाहालले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। त्यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बधी पत्र पढेर सुनाउने कार्यसूची छ।

सचिवालयका अनुसार आजै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।