प्रवासी नेपाली मञ्च भिक्टोरियाको अध्यक्षमा गणेश गौतम, शंख फुकेर उद्घाटन

प्रवासी नेपाली मञ्च भिक्टोरियाको अध्यक्षमा गणेश गौतम, शंख फुकेर उद्घाटन


मेलबर्न, अष्ट्रेलिया ।

नेकपा एमालेको प्रवासी शुभेच्छुक संगठन प्रवासी नेपाली मञ्च भिक्टोरिया राज्य कमिटीको अध्यक्षमा गणेशराज गौतम चयन भएका छन्। मेलवर्नको ग्लेनरोयमा शनिबार भएको सातौँ अधिवेशनले गौतमको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरिएको हो। 

नवनिर्वाचित अध्यक्ष गणेशराज गौतम

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय सम्वन्य परिषद्का सल्लाहकार रमेश पाण्डेले उद्घाटन गरेको अधिवेशनको सुरुवातमा वैदिक मन्त्रोच्चारण र शंखनाद गरिएको थियो। प्रवासी नेपाली मञ्चको कार्यक्रममा यस किसिमको उद्घाटन गरिएको पहिलो पटक हो। 

कार्यसमितिका अन्यमा उपाध्यक्ष क्षितिज चन्द्र राई, सचिव प्रताप लामा, उपसचिव राजकुमार कट्टेल, उपसचिव सुस्मिता थापा, आर्थिक विभाग प्रमुख प्रतिमा भण्डारी चयन भएका छन्। 

सदस्यमा लेखु अधिकारी, अनुप भण्डारी, सङ्गम देबकोटा, सौगात डिसी, सनराइज ज्ञवाली, सन्जिब थापा मगर, किशोर पाठक, सन्जय दाहाल र बिचित्र सुवेदी चयन भएका छन्। बाँकी सदस्य पछि थप गर्ने अध्यक्ष गौतमले केविसीखबरलाई जानकारी दिए । 

अधिवेशनमा ओएनएफ अष्ट्रेलिया अध्यक्ष केशव जोशी लगायतका नेताहरुको सहभागिता रहेको थियो। अधिवेशनले भिक्टोरियाको नेपाली समाजका प्रतिष्ठित व्यक्तित्व सम्मीलित ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। 

कार्यक्रममा जनसम्पर्क समिति अष्ट्रेलिया मेलबर्नका अध्यक्ष विनितराज शर्मा, एएनपीएलका अध्यक्ष निराजन गौली, एनआरएन आईसीसीका पूर्वउपाध्यक्ष दुर्गा आचार्य, लेबर पार्टीका नेता डा. महेश भण्डारी, एनआरएन भिक्टोरियाका डेप्युटी कोअर्डिनेटर महादेव धानुक, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका संस्थापकहरु लक्ष्मी अधिकारी, महेन्द्र कार्की, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य विजय फुँयाल, मोहन शर्मा, प्रकाश सेढाई, चितवन समाज भिक्टोरियाका अध्यक्ष विपुल ज्ञवाली, जन प्रगतिशील मञ्चका गौतम लामिछाने, सुदूर पश्चिम समाज भिक्टोरियाका अध्यक्ष नरेश रावललगायतले शुभकामना दिएका थिए। 

अभियन्ताहरूले प्रवासमा हातेमालो गर्दै सामाजिक सद्भाव र एकता कायम राख्दै अघि बढ्न सुझाव दिइएको थियो। कार्यक्रमको सञ्चालन दिक्पालदेव पंगेनीले गरेका थिए भने द्रोण पन्तको सभापतित्वमा कार्यक्रम भएको थियो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले हालै मलेसियामा सम्पन्न भएको बैठकले एक करोड नेपाली रुपैयाँको श्रमिक राहत कोष बनाइएको र कोषले काम पनि सुरु गरिसकेको जानकारी गराएका थिए।