नेपालको आठौं विकेट पतन, गुल्शन झा २१ रनमा आउट

नेपालको आठौं विकेट पतन, गुल्शन झा २१ रनमा आउट


काठमाडौँ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरिरहेको नेपालले एक सय ६ रन बनाउँदा ८ विकेट गुमाएको छ।

२१ रन बनाएर गुल्शन झा आउट भएका छन्।

नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने १२ रन बनाउँदै अनिल साह रन आउट हुन पुगे। आसिफ शेख ४ रनमा सहज क्याच आउट भए। ‍ कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए।यस्तै, कुशल मल्ल १५ रन बनाएर आउट भए। यस्तै, २ रन बनाएर सोमपाल कामी आउट भए।

सुरुवाती चरणमा विकेट गुमेपछि नेपालको ब्याटिङ सम्हालिरहेका भीम सार्की ४४ रन बनाएर आउट भए।