विराटनगर ।
क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुलेको छ। दुर्घटनामा घाइते भएकाहरुको पहिचान पनि खुलेको छ।
दुर्घटनामा परेर मृत्यु हुनेमा सिन्धुपाल्चोकका सुशील भट्टराई र सोलुखुम्बुकी पासाङ डोमा शेर्पा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानाडाको लण्डन क्षेत्रका संयोजक कुबेर बुर्लाकोटीले जानकारी दिए। ज्यान गुमाउनेहरु अध्ययनका लागि क्यानाडा गएका थिए। उनीहरु स्थानीय एक कम्पनीमा आंशिक समय काम गर्दै आएका थिए।
स्टाडफोर्ड, अन्टारियोको एक मोटर पार्टस् निर्माण गर्ने कम्पनीमा काम बिहानको सिफ्टमा काम गर्न जाँदै गरेका उनीहरू दुर्घटनामा परेका थिए। दुर्घटनामा कार चालक मधु थापा, हिरामणि गौतम, जुना लामा, अर्का कारका चालक सुजन थापा, सोभित , निलम घले र देबकी जोशी घाइते भएको बुर्लाकोटीले जानकारी दिए।
उनीहरुको स्थानीय अस्पतालमा उपचार गरिएको छ। अन्टारियो प्रान्तको दक्षिणपश्चिमी शहर लण्डनमा तीनवटा कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो। त्यस क्रममा विपरीत दिशाबाट आएको कारसँग पहिलो कार जुधेको र त्यो कारलाई पछ्याउँदै गइहेको अर्को कार पहिलो कारसँग ठोक्किन पुगेको त्यहाँका नेपालीले जानकारी दिएका छन्।
मृतकको शव नेपाल पठाउनेबारे छलफल भइरहेको जनाइएको छ।
यो पनि…

प्रतिक्रिया