क्यानाडामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु

क्यानाडामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु


काठमाडौँ ।

क्यानाडामा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार कार दुर्घटनामा परी सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवतीको मृत्यु भएको हो।

लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको छ। घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको पनि समाचारमा जनाइएको छ।

स्थानीय प्रहरीले गोपनीयताका कारण मृतक नेपाली विद्यार्थीको नाम भने सार्वजनिक नगरेको छैन्।

उनीहरु लण्डनस्थित फेन्सअ कलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ। स्थानीय एक मोटर पार्ट्स कम्पनीमा आंशिक समय कार्यरत उनीहरु बिहानीको ड्युटी गर्नका लागि उज्यालो नहुँदै कारमा कार्यस्थलतर्फ गइरहेका बेला दुर्घटना भएको बताइएको छ।