मानव सेवा आश्रमको सहयोगार्थ अष्ट्रेलियाका कुन सहरमा कहिले हुँदैछ ‘गाला डिनर तथा आमा सेमिनार’ ?

मानव सेवा आश्रमको सहयोगार्थ अष्ट्रेलियाका कुन सहरमा कहिले हुँदैछ ‘गाला डिनर तथा आमा सेमिनार’ ?


मेलबर्न, अष्ट्रेलिया ।

गोरखा समाज अष्ट्रेलियाको आयोजना र मानव सेवा आश्रमको सहजीकरणमा फेब्रुअरी १६ देखि मार्च २३ सम्म अष्ट्रेलियाका विभिन्न राज्यमा गाला डिनर तथा आमा सेमिनार कार्यक्रम हुँदैछ। 

मंगलबार गोरखा समाज अष्ट्रेलियाले सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाका ७ सहरमा हुने गाला डिनर र आमा सेमिनारको समय तालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार फेब्रुअरी १६ तारिख सिड्नीको इन्द्रेनी फंसन सेन्टरमा गाला डिनरको आयोजना गरिएको छ। फेब्रुअरी १७ तारिख एशफिल्ड टाउन हल, सिभिक सेन्टरमा बृहत आमा सेमिनार हुनेछ।

यस्तै फेब्रुअरी २२ तारिख न्युक्यास्टलमा रहेको सिड्नी जक्सन होटलमा च्यारिटी डिनर तथा आमा सेमिनार हुने उक्त अवसरमा जानकारी गराइयो। फेब्रुअरी २५ तारिख एडिलेड, मार्च २ तारिख मेलबर्न, मार्च १० तारिख तास्मानिया, मार्च १५तारिख ब्रिजबेन, मार्च १७ तारिख क्यानबेरा, मार्च २३ तारिख पर्थमा च्यारिटी डिनर तथा आमा सेमिनार हुने समाजले जनाएको छ। 

अष्ट्रेलियामा रहेका सम्पूर्ण मानवता प्रेमले ओतप्रोत परोपकारी, सहयोगी सबै उदार मनहरुलाई आफूलाई अनुकूल हुने सहरहरूमा आयोजना हुने कार्यक्रममा प्रेमपूर्ण सहभागिताको लागि समाजले आमन्त्रण गरिएको छ।