अरुण चौधरीलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

अरुण चौधरीलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति


काठमाडौँ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

सिजी होल्डिङका प्रबन्ध निर्देशक चौधरीलाई आज प्रहरीको केन्द्री अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेर अदालत उपस्थित गराएको थियो। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।