प्रधानमन्त्री कप : कर्णालीमाथि आर्मीको फराकिलो जित

प्रधानमन्त्री कप : कर्णालीमाथि आर्मीको फराकिलो जित


काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी विजयी भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गरेको हो। आर्मीको पाँचौं जित हो। कर्णालीको भने यो पाँचौ हार हो ।

पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २७९ रन बनाएको थियो। आर्मीका कप्तान विनोद भण्डारीले नटआउट १०० रनको शतकीय पारि खेल्दा बसिर अहमदले नटआउट ९८ रन बनाए । यसैगरी भीम सार्कीले २५ रन बनाउँदा कुशल मल्ल २१ रन बनाएर आउट भए।

कर्णालीका दिपेन्द्र रावतले २ विकेट लिँदा प्रकाश जैसी, दिनेश अधिकारी, दिवान पुनले एक एक विकेट लिए। जवाफमा कर्णाली प्रदेश २९ ओभर खेल्दै ११५ रनमा रोकियो। कर्णालीका लागि हिमांशु शाहीले १९ रन बनाउँदा दिवान पुनले १८ रन जोडे।

यसैगरी विपिन शाहीले १४ रन बनाउँदा रविन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले १२–१२ रनको पारि खेलेका थिए। कर्णालीलाई रोक्ने क्रममा कुशल मल्ल र विवेक यादवले तीन तीन विकेट लिँदा सोमपाल कामीले २ विकेट हात पारे। सहाब आलमले एक विकेट लिए।

जितसँगै आर्मीले ताकिलामा १० अंक बनाएको छ। अहिले तेस्रो स्थानमा रहेको आर्मीले समूह चरणमा अझैं २ खेल खेल्न बाँकी रहेकाले फाइनल खेल्ने सम्भावना भने बाँकी छ।