चाबहिलको सिरक–डसना बनाउने ठाउँमा भीषण आगलागी

चाबहिलको सिरक–डसना बनाउने ठाउँमा भीषण आगलागी


काठमाडौं, २४ फागुन । काठमाडौं महानगरपालिका–६ चाबहिलस्थित सिरक डसना बनाउने ठाउँमा भीषण आगलागी भएको छ । गोपीकृष्ण हलको पछाडि सरस्वतीनगरमा रहेको सिरक डसना बनाउने ठाउँमा मंगलबार राति ८ बजे आगलागी भएको हो ।
टहराबाट सल्केको आगोले वरिपरिका केही घरमा पनि क्षति पु¥याएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । चार वटा दमकलले अहिले आगलागी नियन्त्रणमा लिइरहेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।
आगलागी के कारणले भयो भन्ने खुलिसकेको छैन भने क्षतिको विवरण पनि आइनसकेको मैनालीले बताए । आगो निभाउनका लागि महानगरीय प्रहरी वृत्त गौशाला, बौद्ध तथा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ ।