काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले फरक विचार र सिद्धान्त वोकेकै कारण आफूमाथि चौतर्फी आक्रमण भएको बताएका छन्।
मंगलबारविश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति वाँसबारीकापूर्वसभापति स्वर्गीय नीलप्रसाद भण्डारीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘राष्ट्रियता र धार्मिक सहकार्यका लागि भावि मार्गचित्र’कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले फरक बिचार र सिद्धान्तकै कारण सरकारले समेत आफ्नो पिछा गरेको बताए।
उनले भने,‘मलाई कुनै अभियोग छैन् । मैंले समाजको कुनैपनि एक जनाजाई पीडा पुर्याएको भन्ने अभियोग छैन्। मैंले एक रुपैयाँ कहींबाट लिएको भन्ने अभियोग पनि छैन्। केवल आस्थाको आधारमा, फरक बिचारभएको आधारमा हजारौं मान्छे एकैसाथ आक्रमणमा उत्रिए। यसमा सरकार समेत संलग्न छ।’
आफू दुई पटक कालको मुखबाट फर्किएर आएको बताउँदै उनले नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भोगाई समेत आफूलाई थाहा भएको प्रतिक्रिया दिए। अध्यक्ष लिङ्देनले राजनीतिमा सबै मान्छेहरु नराम्रा नहुने भन्दै राम्रा मान्छेहरुको प्रवेशका कारण विकासको कामले विस्तारै गतिलिरहेको बताए।
धर्म र राजनीतिलाई सँगसँगै लैजानुपर्छ भन्ने मान्यतासाथ आफुहरु अघि बढिरहेको भन्दै उनले भने, ‘धर्म र राजनीति साँगसँगै लैजानुपर्छ भनेर हामीहरु लागिपरेका छौं। कति मानिसहरुले धर्म र राजनीतिको कुरागर्दा धर्ममा राजनीति घुसाए भनेर गाली गरिरहेका छन्।’ धर्म बिनाको राजनीति र राष्ट्रियता नहुने भन्दै उनले राजनीतिमा धर्म नहुँदा हालको परिणाम देखिरहेको बताए।
प्रतिक्रिया