प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्। युगाण्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री दाहालले सम्मेलनलाई सम्बोधन गरेका थिए।

प्रधानमन्त्री दाहालले त्यहाँ रहँदा महत्वपूर्ण भेटघाट र छलफलहरु समेत गरेका थिए। कम्पालाबाट आइतबार विहान राति कतार ओर्लिएका प्रधानमन्त्री दाहाल विहान ९ बजे कतार एयरवेजको विमानबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका हुन्।

प्रधानमन्त्री दाहाललाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरु र उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए। प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटा र परराष्ट्र सचिव सेवा लम्साल पनि युगाण्डा पुगेका थिए।