कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन

कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन


काठमाडौं, २२ फागुन । कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन भएको छ । ह्याम्स अस्पतालमा आइतबार साँझ बर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बर्मालाई निमोनिया भएको थियो । ९३ वर्षीय बर्माको आईसीयूमा उपचार भइरहेको थियो । बर्माको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।
२००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी जनाएका बर्मा पुराना कम्युनिष्ट नेता हुन् । पञ्चायत अन्त्य गर्ने २०४६ सालको जनआन्दोलनमा बर्मा नेतृत्वको नेकपा वाम मोर्चाका एक घटक दल सहभागी भएको थियो ।