क्यूएनसीसीले थाल्यो बाढी पीडितलाई सहयोग अभियान

क्यूएनसीसीले थाल्यो बाढी पीडितलाई सहयोग अभियान


ब्रिसबेन, अष्ट्रेलिया ।

अष्ट्रेलियाका विभिन्न भागमा अविरल वर्षा आउने क्रम जारी रहँदा विभिन्न ठाउँमा नेपाली समूदायका सदस्यहरु पनि पीडित बनेको खबर आइरहेका छन् । यसैक्रममा क्वीन्सल्याण्डमा रहेका नेपाली समूदायका सदस्यहरुलाई बाढी र वर्षातका कारण अप्ठेरो परेको अवस्थामा क्वीन्सल्याण्ड नेप्लीज कल्चर सेन्टरले सहयोग अभियान अघि बढाएको छ । संस्थाले एक सूचना जारी गर्दै अविरल वर्षा र बाढीका कारण प्रभावित भएको अवस्थामा खाना, अस्थायी बसोबास या प्रभावित क्षेत्रबाट सामानहरु अन्यत्र लैजानुपरेमा समेत आफुहरुलाई सम्पर्क गर्न आह्वान गरेको छ ।

क्वीन्सल्याण्डमा नेपाली सामूदायिक केन्द्र निर्माण गर्ने उद्देश्यका साथ खोलिएको संस्थाले विपतको यो घडीमा आफ्नो समूदायका सदस्यहरुलाई थोरै भएपनि सान्त्वना र राहत दिनका लागि यो कार्य अघि बढाएको संस्थाका अध्यक्ष केशव शर्माले केविसीखबरलाई जानकारी दिए ।

यदि तपाईं क्वीन्सल्याण्डमा हुनुहुन्छ र अविरल वर्षात र बाढीका कारण प्रभावित बन्नुभएको छ अनि तपाईंलाई कुनै किसिमको सहयोग आवश्यक छ भने तल दिइएको अध्यक्ष शर्माको नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

Keshab Sharma – 0430 339 989