एडिलेडमा पृथ्वी जयन्तीको अवसरमा ६ जना सम्मानित

एडिलेडमा पृथ्वी जयन्तीको अवसरमा ६ जना सम्मानित


मेलबर्न अष्ट्रेलिया । एडिलेडमा पृथ्वी नारायण शाहको ३०२औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६ जनालाई सम्मान गरिएको छ। पौस २७ गते शुक्रबार प्रवासी नेपाली एकता समाज अष्ट्रेलिया र ओसिनियाले सयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाललाई प्रवर्द्धन गर्न आफ्नो समय, सीप र पेशामा समर्पित हुने ६ जनालाई ‘पृथ्वी एक्सलेन्सी अवार्ड २४’ बाट सम्मान गरिएको हो।

Prithivi Excellence Award ’24 “Empowerment in Leadership Award” बाट अञ्जना बस्नेत र रेनुका लामा, Prithivi Excellence Award ’24″Global Fitness Champion Award” बाट सुजन सिल्पकार,Prithivi Excellence Award ’24 “Media & Journalism Excellence Award” बाट सरल गुरुङ, Prithivi Excellence Award ’24 “Women’s Empowerment Excellence Award” बाट स्वेता शर्मा रिमाल र शर्मिला श्रेष्ठलाई सम्मान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि राप्रपा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले अवार्ड वितरण गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपा वरिष्ठ नेता उपाध्यक्ष तामाङले नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहलाई विश्वको जुनसुकै भूगोलमा रहेका नेपाली नागरिकले सम्झनुपर्ने बताए। उनले पृथ्वीनारायण शाहको दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै राप्रपाको सार्थक प्रयासले आज राष्ट्रले पृथ्वीनारायण शाहलाई सम्झिएको र सरकारी तवरमा एकता दिवस मनाउन सफल भएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि राप्रपा सहायक महामन्त्री विजय खड्काले नेपालको भूगोलमा रहने र विश्वभर रहने नेपालीहरूको निम्ति आजको दिन गर्व गर्न लायक भएको बताए। इतिहास र पृथ्वीनारायण शाहप्रति सम्मान गर्न सके नेपाल र नेपालीको सम्मान हुने उनको भनाइ थियो।

कार्यक्रममा राप्रपा मधेस प्रदेशका अध्यक्ष भरत गिरी, पानस आईसीसी प्रमुख प्रेमकुमार श्रेष्ठ, पानस अष्ट्रेलियाका सल्लाहकार दीपक विष्ट, हिमानी कोष अष्ट्रेलियाका अध्यक्ष समाजसेवी अन्जना कार्की लगायतका बक्ताहरुले धारणा राखेका थिए। उनीहरूले पृथ्वीनारायण शाहको दिब्य उपदेश आज पनि नेपाल र नेपालीका निमित्त मार्गदर्शनको रुपमा रहेको बताए थिए।

पानस अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष केदार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पानस अष्ट्रेलियाका संरक्षक अजय राजवंशी तथा महासचिव दुर्गा उप्रेतीले संचालन गरेका थिए। कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य सरस्वती लामा लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि, पानस पदाधिकारी सदस्य लगायत एडिलेटमा रहने नेपालीहरूको बाक्लो उपस्थिति रहेको थिय।