धनुषामा सहनी मृत भेटिए, उनकी पत्नी गम्भीर घाइते

धनुषामा सहनी मृत भेटिए, उनकी पत्नी गम्भीर घाइते


धनुषा ।

धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेकी छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी आज बिहान मृत फेला परेका छन्।

उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । उनका अनुसार मृतक सहनी अन्दाजी ३० र उनकी पत्नि २८ वर्षकी छन्।

प्रहरी निरीक्षक कार्कीकाअनुसार धनुषाको क्षिरेश्वरनाथनगरपालिका–३ पकडियास्थित गहुँ खेतमा सोमबार बिहान राधे मृत फेला परेका थिए। उनको श्रीमतीलाई पनि खेतमै अचेत अवस्थामा प्रहरीले फेला पारेको हो।

गम्भीर घाइते अस्मिताको उद्दार गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान,प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। तर, उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको प्रहरीले जनाएको छ। सोही अस्पतालमा राधेको पोस्मार्टमका लागि शव राखिएको छ।

४ महिनाअघि प्रेम विवाह गरेका राधे र अस्मिताक्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए। घटना के कारणले घट्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।