युनेश अधिकारी मृत्यु प्रकरणको अनुसन्धान प्रक्रिया अगाडी बढाइदिन परिवारको आग्रह

युनेश अधिकारी मृत्यु प्रकरणको अनुसन्धान प्रक्रिया अगाडी बढाइदिन परिवारको आग्रह


काठमाडौँ ।

जापानको फुकुओकामा शंकास्पद रुपमा मृत्यु भएका युनेश अधिकारीको घटनाका बारेमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाउन परिवारले आग्रह गरेको छ। फुकुओकाको निसी निहोन एकेडेमी स्कुलमा अध्ययनरत सुनसरीको वराहक्षेत्र नगरपालिका –३ भरौलाका अधिकारीको घटनाका सबन्धमा नेपालमा रहेको परिवारले सत्य तथ्य बुझी दिन जापानस्थित नेपाली दूतावास, एनआरएन आइसीसी, डिआरसी दिपक कार्कि, एनआरएन नागोया र एनआरएन फुकुओकालाई अनुरोध गरेको हो। 

२०२३ डिसेम्बर ३१ तारिखबाट छोरा युनेश अधिकारी सम्पर्कविहीन भएको भन्दै अप्रिय घटना घटेको सुनिएकाले सत्य तथ्य बुझी छानबिनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन आग्रह गरेकी छन्। वराहक्षेत्र नगरपालिका –३ का वडा अध्यक्ष रामदिप लामा तामाङद्वारा हस्ताक्षर गरेको निवेदन जापानस्थित नेपाली राजदूतावासलाई सम्बोधन गरी लेखिएको छ। 

नयाँ वर्षको अघिल्लो दिन फुकुओकामा नेपालका र्याप गायक महेश दोङको कन्सर्ट आयोजना भएको थियो। उक्त कन्सर्टमा युनेशअधिकारी पनि सहभागी भएको बताइएको छ। उक्त कन्सर्टमा केही युवाहरूबिच धकेला -धकेल समेत भएको र केही बेरको भनाभनपछि स्थिति साम्य भएको बताइएको छ। ९ बजे कन्सर्ट सकिएपछि कोठामा फर्केका अधिकारी तिन्जितस्थित निशितेचु फुकुओका रेल स्टेसनमा रगताम्य अवस्थामा अचेत फेला परेका थिए। 

राति १० बजे पार्कको सडक छेउमा लडिरहेका उनलाई उपचारका लागि अस्पताल लगिएकोमा पाँच दिन अर्थात् जनवरी ५ तारिख मृत्यु भएको बताइएको थियो। अचेत अवस्थामा भेटिएका अधिकारीलाई कसैले खसालेको हो या आफै खसेका हुन भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको नागोया क्षेत्रिय समितिका उपसंयोजक कुशल पौडेलले जानकारी दिए। उनी तीन तलामाथिबाट खसेको प्रत्यक्षदर्शीले देखेको पनि समाचारमा बताइएको छ। 

यो पनि…