काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीले मंगलबार दिउँसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
‘पुस १० गते दिउँसो ठिक ३ बजे सप्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ’, उनले भने।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरुबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका काम कारबाहीबारे पनि देशबासीलाई जानकारी दिनेछन्।
प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
प्रतिक्रिया