जनसम्पर्क समिति अष्ट्रेलियाको पदस्थापन, काँग्रेस विवादले निकास पाउने दावी

जनसम्पर्क समिति अष्ट्रेलियाको पदस्थापन, काँग्रेस विवादले निकास पाउने दावी


सिड्नी, अष्ट्रेलिया ।

सत्तारुढ नेपाली काँग्रेसको प्रवासी संगठन जनसम्पर्क समिति अष्ट्रेलियाले केही समय अघि चयन गरेको नयाँ कार्यसमितिको पदस्थापन तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । सुरेश गुरुङको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा रिक्त पदाधिकारी पूर्ति गर्दै उनीहरुको पदस्थापन कार्यक्रम सिड्नीमा आयोजना गरिएको थियो । उक्त अवसरमा उपस्थित भएका वक्ताहरुले अब अष्ट्रेलियामा नेपाली काँग्रेस समर्थित जनसम्पर्कमा देखिएको लामो विवाद अन्त्य हुने दावी गरेका थिए । काँग्रेसको दशौं महाधिवेशनमा सहभागी हुनका लागि अष्ट्रेलियामा दुईथरी जनसम्पर्क समिति देखिएको भएपनि कृष्ण गिरी नेतृत्वमा रहेको जनसम्पर्क समितिले नै यसअघि जस्तै आधिकारिता प्राप्त गर्दै प्रतिनिधिहरु पठाएको थियो । प्रतिनिधि छान्नुअघि गिरीले आफु अब अध्यक्ष नबन्ने भन्दै यसअघिकै सहमति अन्तर्गत सुरेश गुरुङलाई अघि सारेका थिए ।

जनसम्पर्क समिति अष्ट्रेलियाका साउथ अष्ट्रेलिया संयोजक दिलिप पोखरेलले उपलब्ध गराएको विवरण अनुसार कार्यसमितिमा संरक्षक कृष्ण गिरी, अध्यक्षमा सुरेश गुरुङ, उपाध्यक्षमा राजेश केसी र मनिषा अर्याल तथा महामन्त्रीमा रोहित खड्का र समित केसी तथा राज्य संयोजकहरुमा सीतल गीरी (न्यु साउथवेल्स) ललीत मल्ल (एसीटी) समिर खतिवडा (कुइन्सल्यान्ड), टेकनाथ सापकोटा (तास्मनिया), दिनेश अधिकारी (वेष्टर्न अष्ट्रेलिया) तथा दिलीप पोखरेल (साउथ अष्ट्रेलिया) रहेका छन ।

यस्तै नया कार्यसमितीको सहमहामन्त्रीहरुमा अचुत धमला, भुपेन्द्र कडेंल रहेका छन । यस्तै केन्द्रिय सदस्यहरुमा रुपराज मैनाली, बसन्त राज भट्ट, विकास कुमार झा, बिशाल पोखरेल, दिपक नेपाल, दिप्सन सापकोटा,क्षीतीज कार्की, मदन धौराली, मन्दीप केसी, निरज गुरुङ, रमेश छत्कुली, सीजन गीरी, श्याम गीरी तारा डांगी थान प्रशाद सुबेदी रहेका छन ।

पदस्थापन कार्यक्रममा नेपाली समुदायका अगुवाहरुले नव निर्वाचित पदाधिकारीहरुलाई वधाइ तथा शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै एनआरएनका पुर्व अध्यक्ष गणेश केसीले नव निर्वाचित पदाधिकारीहरुको चयनले लामो समयदेखि अस्ट्रेलियामा देखिदै आएको विवादले निकास पाउने बिश्वास ब्यक्त गरे । यस्तै कार्यक्रममा बोल्दै जनसम्पर्क समितीका संस्थापक दिनेशराज जोशीले ढिलै भएपनि नेतृत्व हस्तान्तरणले अस्ट्रेलियामा छरिएर विभिन्न गुट उपगुटमा बिभक्त भएका कांग्रेशीहरुलाई एकतामा वाध्ने बाटो खुलेको बताए ।
। एनआरएन अस्ट्रेलियाकोतर्फवाट शुभकामना प्रदान गर्दै कोषाध्यक्ष अनिल पोखरेलले प्रवासमा छरिएर रहेका विविध समाजिक संघ संस्थाहरुसँंग एनआरएनले हातेमालो गरेर अगाडि बढनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रममा सामाजिक अभियन्ता तथा निर्वाचन समितीका सदस्य प्रेम सापकोटाले पार्टीले नयाँ जिम्मेवारी दिएको र मान्यता समेत प्रदान गरेका कारण सबैलाई गुट उपगुट छाडेर गुरुङको कमिटीमा समाहित भएर अगाडि बढन आग्रह गरे । शैक्षिक परामर्शहरुको छाता संगठन एकाका अध्यक्ष भुपाल सिटौलाले नया कार्यसमितीका पदाधिकारीहरुलाई नया कार्यकालका लागि सफलताको शुभकामना प्रदान गरे । एकाका पुर्व अध्यक्ष निरज श्रेष्ठले बिचारलाई बैधानिक तबरले अगाडि बढाउन सबैलाई आग्रह गर्दै अबको तिन बर्ष गुरुङलाई सहयोग गर्न सबैलाई आब्हान गरे ।

कार्यक्रममा एनआरएनका पुर्व महासचिब डा. ज्ञानेन्द्र रेग्मी, सामाजिक अभियन्ताहरु सन्जिव शर्मा , टीएन अर्याल, सुप्रीम गौतम, ग्रानभिल राइनोजका अध्यक्ष भिम बस्नेत लगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा निर्वतमान अध्यक्ष कृष्ण गीरीले नव निर्वाचित अध्यक्ष सुरेश गुरुङलाई माईन्यूट लगायत कागजपत्र हस्तान्तरण गरेका थिए । अध्यक्ष गुरुङले अस्ट्रेलियामा छरिएर रहेका कांग्रेशीजनलाई एउटै छातामुनी ल्याएर सबैको साझा चौतारी बनाउने आफ्नो अभियान रहेको बताए ।