अष्ट्रेलियामा एक नेपाली युवक सम्पर्कबिहिन

अष्ट्रेलियामा एक नेपाली युवक सम्पर्कबिहिन


मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा एक नेपाली युवक सम्पर्कबीहिन भएका छन्। २६ वर्षीय युवक सबिन बराल १९ नोभेम्बरबाट सम्पर्कबिहीन भएको एनएसडब्लु प्रहरीले जनाएको छ। उनी अन्तिम पटक १९ नोभेम्बर भिक्टोरिया रोडको एउटा घरमा देखिएको र हालसम्म उनको अवस्था अज्ञात रहेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरेको छ।

१२ डिसेम्बरमा प्रहरीलाई जानकारी गराएकाले हाल एनएसडब्लु प्रहरीले खोजी कार्य जारी राखेको बताएको छ। खैरो आँखा, कालो कपाल र दाह्री र जुँगा गहुँ गोरो वर्ण भएका उनलाई भेटाउने जो सुकैले एनएसडब्लु प्रहरी वा १८००३३००० नम्बरमा फोन गरेर सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।