काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज सुनुवाइ हुने भएको छ । उक्त सुनुवाइका लागि उच्च अदालत पाटनको एकल इजलासमा आज पेसी तोकिने भएको हो।
यसअघि उच्च अदालत पाटनका न्यायाधीशहरु जनक पाण्डे र प्रकाह खरेलबीच खाँणलाई थुनामा राख्ने की धरौटीमा छोड्ने भन्ने विषयमा राय बाझिएको थियो। न्यायाशीश पाण्डेयले खाँणलाई ३० लाख धरोटीमा छोड्नु पर्ने राय दिएका थिए। उता न्यायाधीश खरेलले थुनामै राख्नु पर्ने राय दिएका थिए।
दुवै न्यायाधीश हरुको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ गर्ने तय भएको बताइएको छ। आज सुनुवाइका लागि गोलाप्रथाबाट छानिएका न्यायाधीशले खाँणलाई साधारण तारिखमा छोड्ने की थुनामै राख्ने भन्नेबारे आदेश दिनेछन्।
प्रतिक्रिया