साउथ अष्ट्रेलियाको साम्का च्याम्पियनसिपमा क्रिकेटमा नेपाली टिम विजयी

साउथ अष्ट्रेलियाको साम्का च्याम्पियनसिपमा क्रिकेटमा नेपाली टिम विजयी


एडिलेड। प्रवासमा नेपालीहरुको संख्या बढे संगै स्थानिय खेलहरुमा पनि प्रभाव जमाउन थालेका छन् । यसै क्रममा साउथ अष्ट्रेलियन मेट्रोपोलिटन क्रिकेट एसोसियसन (साम्का) को आयोजनामा एडिलेडमा जारी साम्का मेट्रोपोलिटन २०-२० च्याम्पियनसिप २०२१/०२२ क्रिकेट प्रतियोगितामा एडिलेड नेप्लिज क्रिकेट एसोसियसन (एन्का)को टिम विजयी भएको छ । फाइनल खेलमा पाराहिल्स क्रिकेट एसोसियसनको टिमलाई १६ रनले हराउदै नेपाली टिमले च्याम्पियनसिपमा विजय हासिल गरेको हो। नेपाली टिमले पहिला व्याटिङ गर्दै १९.२ ओवरमा १३५ रन बनाएको थियो ।भने नेपाली टिमको १३६ रनको चुनौतीका लागि मैदानमा उत्रिएको पाराहिल्सको टिमले १८.५ ओवरमा सबै खेलाडी गुमाउदै ११९ रन मात्र बनाउन सफल भएको थियो ।

खेलमा नेपाली टिमका कप्तान सुनम गौतमले ७५ रन सहित उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच हुनु भएको थियो । साउथ अष्ट्रेलियन प्रिमियरका ए श्रेणीका खेलाडी समेत रहेका कप्तान सुनम गौतमको खेलमा जित पछि छोटो प्रतिक्रिया दिदै विजयी हुदा खुशीका साथै प्रवासमा नेपाल र नेपालीको नाममा विजयी हुदा गौरवको महसुस भएको बताउनु भयो । उहाले अब विश्वमा युद्धको मैदानका वीर गोर्खाली मात्र हैन थप खेलको मैदानका उत्कृष्ट खेलाडी पनि हुन भनेर चिनाउने दिन आएको बताउनु भयो ।

ट्रफीका साथमा क्रमश दिपक क्षेत्री, एन्का अध्यक्ष विजय जोशी, टिम कप्तान सुनम गौतम

नेप्लिज क्रिकेट एसोसियसन (एन्का)का अध्यक्ष विजय जोशीले खेलाडी तथा प्रशिक्षकहरुको मेहनतले संभवत अष्ट्रेलियाको नेपाली समुदायको क्रिकेट ईतिहासमै उच्च तहको खेलमा सफलता प्राप्त गर्न सफल भएको वताउनु भयो ।उहाले प्रवासमा अध्ययन तथा रोजगारीको सिलसिला रहेका नेपाली समुदायले यस्तै खेलहरुमा हासिल गर्ने जितले मातृभूमिलाई चिनाउने अवसर समेत भएको बताउनु भयो ।

जोशीले टिमका सिनियर खेलाडीहरुको सफलताले एन्का जेम्सका जुनियर १२ वर्ष तथा १० वर्ष मुनीका खेलाडीहरुमा ठुलो उत्साह थपेको जस्ले भविष्यमा नया पुस्ताले निकै ठुलो विजय र अवसरहरु प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भयो । साउथ अष्ट्रेलियाको मेट्रोपोलिटन क्षेत्र भित्रका २५ भन्दा बढि क्रिकेट एसोसियसनका उत्कृष्ट टिमहरुको सहभागीमा भएको यस च्याम्पियन सिपको आजको फाइनल खेल साउथ अष्ट्रेलियाको मुख्य पर्यटकीय क्षेत्र ग्लेनेल स्थित ग्लेनेल ओवलमा भएको थियो ।