काठमाडौँ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले केन्द्रीय कमिटीमा जापानबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित पदाधिकारीलाई सम्मान गर्ने भएको छ। एनआरएनए नागोया क्षेत्रीय समितिले अक्टोबर १७ देखि २० तारिख काठमाडौँमा सम्पन्न संघको ११औँ विश्व सम्मेलनमा जापानबाट निर्वाचित पदाधिकारीलाई बघाइ तथा सम्मान गर्ने भएको हो।
नोभेम्बर ११ २२ तारिख बसेको नागोया क्षेत्रीय समितिको बैठकले डिसेम्बर १० तारिख आइतबार दैलो रेस्टुरेन्टमा उक्त कार्यक्रमको आयोजना गरिने नागोया क्षेत्रीय समितिका उपसंयोजक कुसल पौडेलले जानकारी दिए। उनले उक्त कार्यक्रममा यहाँ रहेका नेपालीहरूलाई उपस्थितिका लागि आग्रह गरेका छन्।
संघको २०२३–२५ को कार्यकालका लागि जापानबाट केन्द्रीय उपाध्यक्षमा रोविन शेरचन, युवा उपाध्यक्षमा रोशन थापा, सचिवमा पारसमणी पोखरेल, कोषाध्यक्षमा सुदन थापा, युवा संयोजकमा सुपेन्द्र घिसिङ, एसिया प्यासेफिक उपसंयोजकमा दिपक कंडेल, एसिया प्यासेफिक उपसंयोजकमा दिपक केसी, महिला संयोजक (एसिया प्यासेफिक) अनिता गुरुङ लामा, श्रेत्रीय युवा संयोजक विकस बस्नेत, श्रेत्रीय युवा उपसंयोजक नारायण खड्का, सदस्यमा राम थापा (अनिल), विजेश थकाली, विकास श्रेष्ठ, विष्णु प्रसाद घिमिरे, छत्र बहादुर दाहाल र बाबुराम खरेल निर्वाचित भएका थिए।
प्रतिक्रिया