टी–२० ग्लोबल छनोटः ओमानलाई ९ विकेटले हराउँदै नेपाल तेस्रो

टी–२० ग्लोबल छनोटः ओमानलाई ९ विकेटले हराउँदै नेपाल तेस्रो


काठमाडौं, १२ फागुन । आईसीसी पुरुष टी २० विश्व कप क्रिकेट ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानलाई नौ विकेटले हराएको छ । ओमानले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र एक विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । यस्तै आरिफ शेखले २१ रन बनाए । यसअघि आसिफ शेख १३ रन बनाएर आउट भए । बलिङतर्फ ओमानका जेशान मक्सुदले एक विकेट लिए ।
अलअमिरातमा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । ओमानका लागि कप्तान जेशान मक्सुदले २१, आयन खानले १६ र नसीम खुशीले १५ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले मात्र १३ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी, आरिफ शेख, अविनाश बोहरा र सागर ढकालले एक–एक विकेट लिए । नेपाल विश्व कप छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएको थियो । यस्तै ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।