एकीकृत समाजवादीको महाधिवेशन जेठमा

एकीकृत समाजवादीको महाधिवेशन जेठमा


मंसिर १९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले १०औँ महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले आगामी जेठ ३ गतेदेखि ७ सम्म काठमाडौँमा गर्ने निर्णय गरेका सो पार्टी उपमहासविच एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टीले आगामी माघ महिनामा गर्न लागेको महाअधिवेशनको समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण करिब चार महिनापछि सारिएको हो। पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल गरिएको बैठकले महाधिवेशन तयारी समितिसमेत गठन गरेको छ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका साथै अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएको थियो। बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि आगामी माघ ११ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।