काठमाडौँ ।
रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयबाट गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको छ। सोमबार पहिलोपटक दुईजना गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको हो।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका खडक बहादुर पुन मगर र हिरा पुन मगरलाई नागरिकता प्रदान गरिएको छ।
नेपालमा रहँदा बाँफिकोट गाउँपालिका वडानम्बर(५ ठेगाना भएका दुबै जनालाई नेपालको संविधान, नेपाल नागरिकता ऐन तथा नियमावलीले व्यवस्था गरे बमोजिम गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएको बताईएको छ।
प्रशासनले उनीहरूलाई क्रमशः पहिलो र दोस्रो गैर आवासीय नागरिकका रुपमा नेपाली नागरिकता प्रदान गरिएको जनाएको छ।
प्रतिक्रिया